Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो छ ‘सुनकेसरी’ को ओपनिङ ?

फिल्मीखबर, काठमाण्डौ, 2018/05/25
शुक्रवारबाट देशभरका करीब ८० बढी 'स्कृन' मा प्रदर्शनमा आएको हरर जनराको फिल्म ‘सुनकेसरी’ ले पहिलो दिन सुखद ओपनिङ गर्न सफल भएको छ । अर्पण थापा निर्देशित यस फिल्मले बिहान ८०, दिउँसो ९० र साँझ ८५ प्रतिशत आसपास अकुपेन्सी कायम गरेको वितरकबाट खबर प्राप्त छ । 
 
सिंगल 'स्कृन' मा ठिकठाक रहेपनि दर्शकको चाप मल्टिप्लेक्समा उच्च छ । यस फिल्मको शुक्रवारको एडभान्स बुकिङ मल्टिप्लेक्समा अपेक्षा गरेभन्दा राम्रो थियो ।
 
निर्माताले सबैभन्दा बढी शेयर हात पर्ने क्यूएफएक्सले यो फिल्मलाई शुक्रवार कूल १५ शोज उपलब्ध गराएको थियो । उक्त शो अधिकांश हाउसफुल भएका छन् । 
 
शुक्रवारका हरेक शो हाउसफुल भएपछि शनिवारका लागि क्यूएफएक्सले यस फिल्मलाई १६ शोज दिएको छ ।
 
क्यूएफएक्स च्यानलका छायाँ, कुमारी, सिभिल, जय नेपाल, लविङमा शुक्रवार बिहानैदेखि दर्शकको उपस्थिति ठेलामठेल थियो । 
 
यस्तै, शनिवारका लागि विएसआर मुभिजले ४ बाट ५ शो, एफक्यूबले ४ बाट ६ शो, क्यूजले २ बाट ४ शोमा बढोत्तरी गरेको छ । 
 
दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको 'सुनकेसरी' को शनिवारको अधिकांश शोज शुक्रवार साँझ नै सोल्डआउट हुने छाँटकाँट देखिएको अभिनेत्री तथा निर्माता ऋचा शर्माले बताइन् । 
 
उनी दर्शकको उत्साहजनक साथले 'सुनकेसरी २' निर्माण गर्न थप हौसला मिलेको बताउँछिन् ।
 
बिहीवार साँझ छाँया हलमा प्रिमियरको आयोजना गर्दैगर्दा उनले यसको सिक्वेल निर्माण गर्ने घोषणा गरेकी थिइन् ।
 
फिल्ममा दोस्रो भागका लागि ठाउँ बाँकी राखिएको छ । फिल्म हेरेका अधिकांश दर्शकले कलाकार रविन्द्र झाको कमेडी पाटोलाई औधि रुचाएका छन् । 
 
यस फिल्ममा ऋचा र रबिन्द्रका अलावा भीम न्यौपाने, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् । 
 
उक्त फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् । 
Most Visited News (monthly)