अभिनेत्री ऋचा शर्मा र अभिनेता अर्पण थापा अभिनीत फिल्म ‘चक्कर’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । साउन ४ गतेलाई प्रदर्शन मिति तय गर्दै बिहीवार निर्माण टिमले सस्पेन्स ट्रेलर सार्वजनिक गरेको छ ।

सिमित बजेटमा निर्माण भएको यो फिल्ममा एभोन राज उप्रेती, सृजना सुब्बा, भोलाराज सापकोटा र स्मृति पोखरेलेको पनि अभिनय रहेको छ । क्राइम जनराको उक्त फिल्म नेशनल मिडिया हाउस प्रोडक्सन र केटिएम आर्ट हाउसको ब्यानर निर्माण भएको हो ।
अनुष्का रौनियारको निर्देशन रहेको ‘चक्कर’ मा उनको नै लेखन, पटकथा तथा संवाद छ । यो फिल्ममा रविन आचार्यको निर्माण र छायांकन छ । ‘चक्कर’ ले महिला–महिलाबीच हुने प्रेमलाई देखाउन खोजेको छ ।
ट्रेलर हेर्नुस् :-

