Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

मल्लिकासँग सलिनमानको ‘यात्रा’

फिल्मीखबर, काठमाण्डौ, 2018/05/25
'ए मेरो हजुर २' फेम अभिनेता सलिनमान बनियाँ स्टारर फिल्म ‘यात्रा’ को बिहीवारबाट नियमित छायांकन सुरु भएको छ । पहिलो दिन फिल्मको टाइटल गीतको छायांकन गर्दै टोली सोलु निस्किएको छ । 
 
 
राजधानीबाटै सुरु गीतको छायांकनमा यात्रालाई देखाइनेछ भने यो सोलुमा पुगेर सकिनेछ । यस गीतमा प्रतिक पौडेलको शब्द र संगीत रहेको छ भने गायनमा प्रतिकलाई धर्मेन्द्र सेवान र प्रेक्षा बज्राचार्यले साथ दिएका छन् । 
 
सोलु झन्डै ३ साता फिल्मको छायांकन हुने निर्माता केशव भट्टराईले जानकारी दिए । सोलुको जुनबेसी, फाप्लो, सल्लेरी र पतालेलगायतका रमणीय दृश्यमा ‘यात्रा’ खिचिनेछ । फिल्ममा सलिनका अलावा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्यलगायतको अभिनय रहनेछ । 
 
यस फिल्मबाट मल्लिका महतले डेब्यु गर्दैछिन् भने विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चामा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।
 
 
सम्राट शाक्यको कथा तथा निर्देशन रहने ‘यात्रा’ लाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन । कोटकी कालिका देवी फिल्मस् प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् ।  
Most Visited News (monthly)