अभिनेता सलोन बस्नेत र अभिनेत्री सारा सिर्पालीको लिड रोल रहेको फिल्म ‘सुश्री सम्पत्ति’ को प्रदर्शन मिति घोषणा गरिएको छ । सञ्चारकर्मी सुव्रत आचार्य निर्देशित यस फिल्मको फस्टलुक पोष्टर सार्वजनिक गर्दै भाद्र २२ गतेलाई प्रदर्शन मिति तय गरिएको छ ।
फिल्मले सम्पन्न परिवारकी एक युवतीको कथा पेश गर्छ । फिल्ममा बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारहरुको अभिनय छ । यसमा प्रियंका कार्कीको पनि अतिथि भूमिका छ ।

सुरेश अधिकारीको शब्द र संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायांकन रहेको छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् ।
फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।

