Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानको नेपाल भ्रमण फेरि स्थगित

फिल्मीखबर, काठमाण्डौ, 2018/05/25
जेठ १२ गते शनिवार टुँडिखेलमा हुने भनिएको बलिउड सुपरस्टार सलमान खानको 'दबंग : द टुर नेपाल' फेरि स्थगित भएको छ । नेपालको आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् यो कुराको जानकारी दिएको छ । 
 
 
यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक संस्था ओडिसीले फागुन २६ गतेको 'दबंग टुर' कार्यक्रम स्थगित गरेको थियो । 
 
'रेस ३' रिलिजको संघारमा, 'दशका दम' को धमाधम चलिरहेको सुटिङ र चाँडै 'भारत' फिल्मको सुटिङ सुरु हुन लागेका कारण सलमान नेपाल आउन नसकेको खबर प्राप्त छ । ओडिसीले सलमानको नेपाल भ्रमण विशेष कारणवश स्थगित गरिएको र चाँडै नयाँ मिति घोषणा गर्ने बताएको छ । 
 
 
कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावल नेपाल आउने तयारीमा थिए । 
Most Visited News (monthly)