Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

अवार्ड उचाल्दा अनमोलले लिए भगवान कृष्णको नाम

फिल्मीखबर, काठमाण्डौ, 2018/05/25
 
सुपरस्टार अनमोल केसी अर्थात्, पैसा छाप्ने मेसिन । गएको ५ वर्षमा उनकोे जति चर्चा सायद अन्य सेलिब्रेटीको भएको छैन । 'होस्टेल' देखि 'कृ' सम्म आइपुग्दा उनले आफ्नो स्टारडममा रत्ति चोट पर्‍याउने काम गरेका छैनन् । उनी अभिनीत हरेक एक फिल्म सुपरडुपर हिट छन् । 
 
उनलाई अभिनयले भन्दा क्यूट लुक्सका कारण चलेको अभिनेता भनिन्छ । फिल्म 'कृ' बाट भने उनी यो आरोपबाट धेरै हदसम्म मुक्त भए । उक्त फिल्मबाट यस वर्षको 'एनएफडिसी अवार्ड' मा उत्कृष्ट अभिनेताको अवार्ड उचालेका अनमोलले बिहीवार राजधानीमा सम्पन्न 'दशौं डी सिने अवार्ड' मा पनि सोही विधामा अवार्ड चुमे । 
 
 
अवार्ड कार्यक्रममा उनलाई जति न मिडिया न त अन्य अतिथीले नै अरु सेलिब्रेटीलाई खोज्ने गर्दछन् । हत्तपत्त अनमोल कुनै अवार्ड समारोहमा पुग्दैनन् । र, पुगे भने उनी रित्तो हात फर्किदैनन् । उत्कृष्ट अभिनेताको अवार्ड नभएपनि पपुलर अवार्ड उनीभन्दा बाहेक अरुको पोल्टामा जाँदैन । 
 
अनमोलको उपस्थितिले मात्र पनि अवार्डमा रौनकता थपिने हुँदा अवार्ड आयोजक संस्थाका प्रमुख व्यक्ति नै उनको घरमै पुगेर निमन्त्रणा गर्ने गर्दछन् । कार्यक्रममा उपस्थित भएपछि उनलाई कुनै न कुनै विधामा अवार्ड प्रदान गर्ने गरिन्छ । 
 
 
बिहीवार 'दशौं डी सिने अवार्ड' मा 'कृ' बाट उत्कृष्ट नायकको अवार्ड उचाल्दै गर्दा उनले भागवान कृष्णलाई सम्झिए । भगवानप्रति आस्था राख्ने उनी कृष्णभक्त हुन् । 
 
उनले अवार्ड उचाल्दै भने, 'मेरो लागि यो अवार्ड मात्र होइन जिम्मेवारी पनि हो । नेपाली फिल्म क्षेत्रलाई अगाडि लैजानका लागि । धन्यवाद, मेरा फ्यान र आमा-बुबालाई । अनि, भगवान कृष्णलाई ।'  
 
 
अनमोलले उत्कृष्ट अभिनेताको अवार्ड उचाल्दै गर्दा दर्शक दिर्घामा रहेका उनका पीता भुवन केसी गहभरी भएका थिए । अचेल अनमोल आफ्नो छैठौं फिल्म 'क्याप्टेन' मा व्यस्त छन् । यसमा उनी एक फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । यसका निर्देशक दीवाकर भट्टराई हुन् । 
Most Visited News (monthly)