तपाईलाई आजभन्दा करीब २ वर्ष अगाडि लैजान चाहन्छौं । दिनेश डिसी निर्देशित फिल्म 'फूलै फूलको मौसम तिमीलाई' र भुवन केसीको डेब्यू निर्देशित फिल्म 'ड्रिम्स' एकै मितिमा रिलिज भएका थिए ।
.jpg)
दिनेशको फिल्ममा नीता ढुंगाना र आमेश भण्डारी लिड रोलमा थिए भने भुवनको फिल्ममा छोरा अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाह लिड अभिनयमा थिए । अनमोलको बढ्दो क्रेजका कारण 'फूलै फूलको मौसम तिमीलाई' बक्सअफिसमा नराम्रोसँग डुब्यो । 'ड्रिम्स' सुपरहिट साबित भयो ।
एकै मितिमा दुई वा सोभन्दा बढी फिल्म रिलिज हुँदा निर्माता-निर्माताले एकअर्काको खोइरो खन्नु नौैलो होइन । त्यसबेला निर्माता तथा निर्देशक भुवन केसीले 'ड्रिम्स' को प्रतिस्पर्धा हलिउड र बलिउड फिल्मसँग भएको भन्दै नेपाली फिल्म ५० वटा आएपनि केही नहुने एक अन्तर्वार्तामा बताएका थिए ।
यो कुरा दिनेश डिसीलाई चित्त बुझेन । आफ्नो फिल्मलाई 'अन्डरस्टिमेट' गरेको भन्दै उनले अनमोल केसीलाई आफ्नो निशाना बनाए । अनमोलको अभिनय कमजोर रहेको र पीता जस्तो सफल हुन राम्रो निर्देशकसँग अभिनय सिक्न उनले सुझाव दिए । तर, यस विषयमा न भुवनले केही बोले न त अनमोलले नै कुनै जवाफ फर्काए ।
यसपछि दिनेश डिसी र भुवन केसीको 'पानी पाराबार' थियो । तर, बिहीवार राजधानीमा आयोजित 'दशौं डी सिने अवार्ड' मा निकै रोचक दृश्य देखियो । 'उत्कृष्ट एनिमेशन' को अवार्ड आफू निर्मित फिल्म 'कृ' बाट ग्लेज इन्टरटेन्मेन्टले प्राप्त गरेपछि भुवन अवार्ड थाप्न स्टेज चढे । अवार्ड बाढ्ने स्टेजमा दिनेश डिसीलगायत अन्य व्यक्ति थिए ।
दिनेशले अवार्ड भुवनको हातमा थमाउँदै बधाई दिए र दुवैले दुश्मनी भुल्दै अंकमाल गरे । अवार्ड समारोह तालीले गुञ्जियो । दर्शक दिर्घामा रहेका अनमोल केसीले पनि हाँसोका साथ ताली बजाए । २०७३ सालमा दिनेश डिसीले आयोजना गर्ने 'एलजी फिल्म अवार्ड' मा अनमोललाई ‘पपुलर एक्टर (मेल)’ को अवार्ड प्रदान गरिएको थियो ।
.jpg)
उसबेला डिसीले भुवनको घरमै गएर अनमोललाई अवार्डमा उपस्थितिका लागि निमन्त्रणा गरेका थिए । फिल्म रिलिजको बखत 'पानी बाराबार' रहेको भुवन र अनमोलसँग अहिले दिनेशको राम्रो सम्बन्धको सुरुवात भएको छ ।

