साउन ११ गतेलाई नयाँ प्रदर्शन मिति तय गरिएको अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘रोमियो एण्ड मुना’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘पल पल’ बोलको गीत फरक शैलीमा तयार पारिएको छ ।

विश्व प्रख्यात चित्रकार विन्सेन्ट भेन गोघद्वारा निर्मित चित्रमा भिडियो बुनिएको छ । यसमा सृष्टि र विनय फिचर छन् । सुक्मित गुरुङको आवाज रहेको गीतमा विश्व शाहीको शब्द तथा संगीत सुन्न सकिन्छ । गीतका कोरियोग्राफर राजिव समर र नरेश कुमार केसी हुन् ।
फिल्ममा प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्ममा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ ।
शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’ लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । नरेश कुमार केसीले निर्देशन गरेको ‘रोमियो एण्ड मुना’ लाई दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेका हुन् ।
गीत हेर्नुस् :-

