Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

यसकारण आमिरले गरेनन् ‘सञ्जू’

एजेन्सी, मुम्बई, 2018/05/24
आमिर खानले बलिउड फिल्म 'कयामत से कयामत तक' बाट एक चकलेटी ब्वाईको रुपमा सुरुवात गरेका थिए । तर, आज आमिर बलिउडमा 'मिस्‍टर परफेक्‍शनिस्‍ट' को रुपमा हिट भइसकेका छन् । 'थ्री ईडियट्स', 'पीके', 'दंगल', 'सीक्रेट सुपरस्‍टार' जस्ता ब्लकबस्टर फिल्म उनको खातामा जम्मा छ । 
 
यतिमात्र होइन निर्देशक राजकुमार हिरानीको फिल्म 'सञ्जू' को अफर पनि आमिरलाई दिइएको थियो । तर, उनले एक कारणले गर्दा रिजेक्‍ट गरे । 
 
न्‍यूज एजेन्सी भाषाका अनुसार, उनलाई सञ्जय दत्तको बायोपिक 'सञ्जू' मा सुनील दत्तको भूमिका निर्वाहा गर्न प्रस्ताव गरिएको थियो तर उनी सञ्जय दत्त बन्न चाहन्थे, जसका लागि पहिला नै रणबीर कपूरलाई साइन गरिएको थियो । 
 
 
आमिरले एक मिडियासँगको अन्तर्वार्तामा भने, 'सञ्जू' फिल्मको आइडिया सुन्ने वितिक्कै मलाई पटकथा औधि मन पर्‍यो । फिल्मको स्क्रिप्ट निकै राम्रो तरिकाले लेखिएको छ ।' 'सञ्जू' मा अब सुनील दत्तको भूमिका परेश रावलले निर्वाहा गरेका छन् । 
 
आमिरले अगाडि भने, 'राजूले मलाई सुनील दत्तको भूमिका निर्वाहा गर्न अफर गरेको थियो र यो एक सानदार भूमिका थियो । यसमा पीता र छोराको एक सुन्दर कहानी छ । तर, सञ्जूको भूमिका अविश्वसनीय छ । मैले राजूलाई सञ्जय दत्तको भूमिका सानदार लागेका कारण अरु भूमिका निर्वाहा गर्न नसक्ने बताएँ । र, मैले सञ्जयको भूमिका पनि गर्न सक्दिन थिएँ किनकी रणबीर कपूर त्यो गरिरहेका थिए ।' 
 
अचेल आमिर आफ्नो नयाँ फिल्म 'ठग्‍स अफ हिन्दोस्‍तान' मा व्यस्त छन् ।  यो फिल्ममा आमिर खान, पहिलो पटक अमिताभ बच्चनसँग स्क्रिन शेयर गर्दै देखिँदैछन् । आमिर र अमिताभका अलावा यस फिल्ममा कैटरीना कैफ र फातिमा सना शेख पनि प्रमुख भूमिकामा छन् ।