Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘बाबु कान्छा’ पोष्टरमा रोमान्टिक बने सलोन र करिश्मा

फिल्मीखबर, काठमाण्डौ, 2018/05/24
 
असार २९ गतेलाई औपचारिक प्रदर्शन मिति घोषणा गर्दै अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ स्टारर फिल्म ‘बाबु कान्छा’ को पोष्टर सार्वजनिक गरिएको छ । एक पोष्टरमा करिश्मासँग सलोन रोमान्टिक मूडमा देखिएका छन् भने अर्कोमा करिश्मालाई फिल्मका कलाकारले बोकेका छन् । 
 
शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको यसमा सलोन बस्नेत  नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतको अभिनय रहेको छ । यो फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गर्दैछन् । 
 
सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको  छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ । 
 
 
उक्त फिल्ममा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले 'कर्णवीर' को 'चन्द्रमा झैँ राम्री छौ' गीतलाई रिमिक्स गरेका छन् । 
 
सलोनको बढ्दो क्रेजले यस फिल्मलाई ठूलो फाइदा पुग्ने फिल्मी पण्डितहरुको आँकलन छ । पछिल्लो रिलिज फिल्म 'ए मेरो हजुर २' पछि उनको लोकप्रियता थप चुलिएको छ । 
Most Visited News (monthly)