Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राष्ट्रकविलाई भेट्न अस्पताल पुगे राजेश हमाल

फिल्मीखबर, काठमाडौं, 2018/05/23
अभिनेता राजेश हमालले ग्राण्डी अस्पताल पुगेर राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । अभिनेता हमाल मंगलवार साँझ अस्पताल पुगेका थिए । 
 
अस्पतालमा उनले राष्ट्रकविको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएका छन् । मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएका कारण घिमिरेलाई करीब एक साता अगाडि अस्पताल भर्ना गरिएको थियो । 
 
अभिनेता हमालले आफ्नोे फेसबुकमा अस्पतालमा राष्ट्रकविसँग भेट गरेको तश्बिर शेयर गर्दै 'शिघ्र स्वास्थ्य लाभको कामना' लेखेका छन् । हमाल र कवि घिमिरे छिमेकी समेत हुन् । दुवै कपुरधाराका स्थानिय बासिन्दा हुन् । 
 
बुधवार अपराह्न ५ बजे नेपाली सेनाका चिकित्सक डा.शिवविक्रम सिलवाल र छोरा इन्दीवरका साथ घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ । 
Most Visited News (monthly)