Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘जय शम्भु’ मा यस्ता देखिए अनुप, वर्षा र प्रशान्त

फिल्मीखबर, काठमाण्डौ, 2018/05/22
दुई ह्याण्डसम भिलेन अनुप विक्रम शाही र प्रशान्त ताम्राकारको लिड रोल रहेको फिल्म ‘जय शम्भु’ को दुई पोष्टर सार्वजनिक भएको छ । भाद्र १ गतेलाई औपचारिक प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले प्रशान्त, अनुप र अभिनेत्री वर्षा सिवाकोटी फिचर पोष्टर सार्वजनिक गरेको हो । 
 
फिल्मले एक युवतीका लागि दुई पुरुष पात्रबीचको टकरावको कथा बोल्ने पोष्टरबाट अनुमान लगाउन सकिन्छ । काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको यो फिल्म एक्सन लभस्टोरी जानरामा निर्माण भएको प्रस्तुतकर्ता दिनेश शाहीले जानकारी दिए ।
 
 
रुपेश तामाङ निर्देशित ‘जय शम्भु’ मा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
उक्त फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य छन् । 
 
दुई ह्याण्डसम भिलेनको पर्दामा आमने-सामने हुन लागेका कारण यो फिल्म घोषणाको बेलादेखि नै प्रतिक्षीत छ ।
Most Visited News (monthly)