.jpg)
सदाबहार अभिनेत्री करिश्मा मानन्धर यस वर्ष एसईई परिक्षा दिँदैछिन् । मैतिदेवीको त्रिवेणी पब्लिक स्कुलमा गत वर्षदेखि अध्ययन सुरु गरेकी उनी आफू स्कुले विद्यार्थी भन्न रत्तिभर हिचकिचाउँदिनन् ।
अभिनयसँग-सँँगै पछिल्लो समय डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीमा समेत आबद्ध उनलाई निकै कमले स्कुलको ड्रेसमा देखेका छन् । सोमवार भने उनी सार्वजनिक कार्यक्रममा नै आफू अध्ययन गरिरहेको विद्यालयको पोषाकमा उपस्थित भईन् ।
चलचित्र पत्रकार संघ, नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा करिश्मालाई अतिथीको रुपमा निमन्त्रण गरिएको थियो । साँझ ६ बजे नयाँ बानेश्वरको डाइनिङ पार्क रेस्टुरेन्टमा झुल्किएकी उनलाई पहिलो झलकमा निकै कमले ठम्याए ।
.jpg)
खरानी रंगको धर्के सर्ट लगाएकी उनको आँखामा चस्मा देख्न सकिन्थ्यो । उनले स्कुलबाट सिधै कार्यक्रममा आएका कारण फेसन परिवर्तन गर्न नपाएको बताइन् । पहिलो पटक स्कुल ड्रेसमा देखिएका कारण संघको वार्षिकोत्सवमा उपस्थित हरेक एकको नजर करिश्मामाथी थियो ।
उमेरले ५५ पुगेपनि पहिरन भद्दा लगाउने गरेको कमेन्टले वाक्कदिक्क भएकी करिश्मालाई पहिलो पटक स्कुल ड्रेसमा मिडियाका क्यामेराले कैद गर्न पाएका हुन् । कुनै कार्यक्रममा पुग्दा पहिरन सम्हाल्नै मुश्किल भएका तश्बिर हेर्नुभएको तपाईलाई पनि स्कुले ड्रेसमा करिश्मालाई झट्टा चिन्न गाह्रो पर्नसक्छ ।

