Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मीखबरकर्मी दाहाल पुरस्कृत

फिल्मीखबर, काठमाण्डौ, 2018/05/22
 
चलचित्र पत्रकार संघ, नेपालले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सवको अवसरमा फिल्मीखबर डटकममा कार्यरत पत्रकार अन्जान दाहाल (मनिष) लाई 'चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार-२०७५' बाट पुरस्कृत गरेको छ । 
 
 
सोमवार राजधानीमा एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटा र संघका अध्यक्ष सन्दिप सापकोटाले संयूक्त रुपमा दाहाललाई एकथान ल्यापटप, ताम्रापत्र र ट्रफि प्रदान गरे । 
 
 
पत्रकारितामा सक्रिय भएको छोटो अवधिमै चलचित्र पत्रकारितामा स्थापित दाहाललाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको संघका अध्यक्ष सापकोटाले बताए । संघले गत वर्षदेखि 'प्रोत्साहन पुरस्कार' वितरण गर्न थालेको हो । 
 
 
यस्तै, १९ औं वार्षिकोत्सवको अवसरमा चलचित्र पत्रकार संघ, नेपालले दयाराम पाण्डे र ध्रुव लम्साललाई चलचित्र पत्रकारिता सम्मान तथा लक्ष्मण सुवेदी र सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेको छ । 
 
 
तश्बिर : विवेक बस्याल
Most Visited News (monthly)