Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

६ वर्षिय छोरालाई हिरो बनाउँदै ‘प्रेमगीत’ निर्माता

फिल्मीखबर, काठमाण्डौ, 2018/05/21
'चंखे शंखे पंखे', 'प्रेमगीत' र 'प्रेमगीत २' फिल्मका निर्माता सन्तोष सेन पुनः नयाँ फिल्म निर्माणमा जुटेका छन् । उनी मलमास सकिए लगत्तै नयाँ प्रोजेक्टको छायांकन सुरु गर्दैछन् । यतिबेला फिल्मका लागि गीत रेकडिङको काम भइरहेको छ । 
 
युवा स्टार प्रदीप खड्कासँग लगालग दुई फिल्म गरेका सन्तोषले यसपटक भने आफ्नै ६ वर्षिय छोरा आयूब सेनलाई डेब्यू गराउँदैछन् । उनले करीब ६ महिनादेखि छोरालाई मण्डला थिएटरमा अभिनयको ट्रेनिङ दिइरहेका छन् । 
 
 
'छोरा अब डेब्यूका लागि तयार भइसकेको छ । मलमासका कारण फ्लोरमा जान ढिलाई भएको हो । निर्देशकदेखि बाँकी सबै कलाकारको छनौट पूरा भइसकेको छ', निर्माता सेनले भने । उनका अनुसार, एक आमा र छोराको कथा बोल्ने उक्त फिल्म फ्यामिली ड्रामामा निर्माण हुनेछ ।  
 
नाम गोप्य राखिएको यस फिल्मको लिड रोलमा नै सेनका छोरा आयूब रहनेछन् । स्तरिय फिल्म निर्माण गर्ने निर्माताको सूचीमा अग्रस्थानमा आउने सन्तोष प्रदीपलाई लिएर 'प्रेमगीत' को तेस्रो सिरिज निर्माण गर्ने तयारीमा समेत छन् । 
Most Visited News (monthly)