Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रशान्त र अनुपको ‘जय शम्भु’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/05/21
साउन १ गतेलाई रिलिज डेट टार्गेट गरेर फ्लोरमा निस्किएको अभिनेता द्वय अनुप विक्रम शाही र प्रशान्त ताम्राकार स्टारर फिल्म ‘जय शम्भु’ को प्रदर्शन मिति अब अगामी भदौ १ गतेलाई तय गरिएको छ । वितरक गोपाल कायस्थसँग राजधानीभित्र र एफडि कम्पनीसँग राजधानी बाहिर प्रदर्शनका लागि निर्माण टिमले सम्झौता गरिसकेको छ । 
 
दुई ह्याण्डसम भिलेनको पर्दामा आमने-सामने हुन लागेका कारण यो फिल्म घोषणाको बेलादेखि नै प्रतिक्षीत छ । वर्षा सिवाकोटीको पनि यस फिल्ममा लिड रोल छ । 
 
 
रुपेश तामाङ निर्देशित यस फिल्ममा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ ।  काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको यो फिल्म एक्सन लभस्टोरी जानरामा निर्माण भएको प्रस्तुतकर्ता दिनेश शाहीले जानकारी दिए ।
 
राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको 'जय शम्भु' को निर्मातामा अरविन्द्र शाक्य छन् । फिल्मलाई हरि घले लामाले खिचेका हुन् । 
Most Visited News (monthly)