Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मुन्नाभाई’ को पार्ट ३ बन्ने कन्फर्म

फिल्मीखबर, काठमाण्डौ, 2018/05/21
‘मुन्नाभाई एमबीबीएस’ र ‘लगे रहो मु्न्नाभाई’ सुपरहिट भएपछि यो फिल्मको तेस्रो सिरिज पनि बन्ने खबर बाहिरिएको थियो तर यस विषयमा कुनै औपचारिक जानकारी प्राप्त भएको थिएन । अब यस सिरिजका फ्यानका लागि खुसीको खबर आएको छ । 
 
डाइरेक्टर राजकुमार हिरानीले यसको तेस्रो पार्ट निर्माण गर्ने घोषणा गरेका छन् । आउटलुकलाई एक अन्तर्वार्ता दिने क्रममा उनले भने, 'हामी 'मुन्नाभाई' को तेस्रो पार्ट गर्न चाहन्छौं र स्क्रिप्ट लेखिरहेका पनि थियौं तर स्क्रिप्ट पहिलो दुई भागसँग मिलिरहेको थिएन । अब मलाई केही मिलेको छ तर त्यसलाई लेख्न बाँकी छ ।'  
 
 
दुई सिरिजका सह-लेखक अभिजात जोशीले पीटीआईलाई एक अन्तर्वार्ता दिँदै भनेका छन्, 'सबैभन्दा मुश्किल त्यसलाई म्याच गर्नु हो, जुन हामीले 'लगे रहो मुन्नाभाई' मा गरेका थियौं । हामी केही यस्तोको खोजीमा छौं, जसले 'लगे रहो मुन्नाभाई' को स्ट्यान्डर्डको म्याच गर्न सकोस । हामीसँग एक आइडिया छ । यो एकदम नयाँ छ ।'
 
सञ्जय दत्त 'मुन्नाभाई' को पार्ट ३ बाट बलिउडमा कमब्याक गर्न चाहन्थे तर राजकुमार हिरानीले पहिला उनको बायोपिक 'सञ्जू' बनाए । 'सञ्जु' मा रणबीर कपूरको लुक्स सञ्जयसँग एकदम मिल्दोजुल्दो छ । 
 
संजयले एक अन्तर्वार्तामा भनेका छन्, 'मैले यस फिल्मको सिन हेरेको छु । रणबीर म जस्तो देखिएकोमा मलाई विश्वास नै लागिरहेको छैन । राजू, 'मुन्नाभाई' मा रणबीरलाई नलेऊ । सम्झ्यौ ?'  
Most Visited News (monthly)