Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लुट’ निर्माताबाट बरामद नोट ‘नक्कली’ भएको पुष्टि

फिल्मीखबर, काठमाण्डौ, 2018/05/20
'लुट' निर्माता माधव वाग्लेको साथबाट बरामद भएको २ करोड ५२ लाखको नोट ‘नक्कली’ भएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको छ । गएको बुधवार वाग्लेको प्रिन्सेस मुभिजको कार्यालयबाट प्रहरीले बोरा र कार्टुनभित्र राखिएका करोडौं रुपैयाँबराबरका नक्कली नोट बरामद गरेको थियो । 
 
उनले आफू निर्मित नयाँ फिल्म ‘चङ्गा चेट’ को प्रयोजनका लागि नक्कली नोट छापेको प्रहरीसमक्ष बयान दिएका छन् । काठमाडौं प्रहरी परिसरले वाग्लेको साथबाट बरामद भएको नोट नक्कली वा सक्कली हो भन्ने पुष्टि गर्न राष्ट्र बैंकलाई पत्र काटेको थियो । 
 
तश्बिर : आर्टिस्ट खबर 
 
उक्त नोट 'जाली' रहेको पुष्टि गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१, ९५ र ९६ मा भएको व्यवस्था अनुसार कानुनी कारबाही अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको छ । गत बुधवार प्रहरीले नेपाली हजार रुपैयाँ दरका नक्कली नोटसहित निर्माता वाग्लेसहित ६ जनालाई पक्राउ गरिसकेको छ । 
 
महेन्द्र बोगटीले गोंगबुको मित्रनगरस्थित एक खाजाघरमा खाजा खाएको पैसा तिर्दा हजारका दुई नोट दिएका थिए । उक्त नोट 'जाली' रहेको शंका लागेपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । र, प्रहरी अनुसन्धान गर्दै निर्माता वाग्लेको कार्यालयसम्म पुगेको थियो । अनुसन्धानको क्रममा प्रहरीले कूल दुई करोड ६० लाख ६३ हजार नक्कली नोट बरामद गरेको थियो । 
 
अपराध प्रमाणित भएमा मुलुकी ऐनको फोटो चलन महलअन्तर्गत बिगो बराबर (बरामद नक्कली नोट बराबरको रकम) जरिवाना र १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था रहेको छ।
Most Visited News (monthly)