दीपक वली निर्देशित फिल्म ‘कुम्भ करण’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर कमेडी संवादले भरिपूर्ण छ ।

अभिनेत्री निशा अधिकारी (सपना म्याडम) लाई आफ्नो बनाउन स्कूलका हेडमास्टर भोलाराज सापकोटा, शिक्षक गौरव पहाडी र स्कूलका पाले अभय बराललाई एकअर्कासँग भिडिरहेको ट्रेलरमा देख्न सकिन्छ ।
फिल्ममा आकाश पल, प्रमोद अग्रहरी, कमल गाउँले, सदभाव थापा लगायतको पनि अभिनय छ । असार २२ गतेलाई प्रदर्शन मिति तय गरिएको यो फिल्म आकाश पल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।
‘कुम्भ करण’ लाई बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् ।
ट्रेलर हेर्नुस् :-

