Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप भन्छन्, 'नेपाली उत्पादन नै प्रयोग गरौं'

फिल्मीखबर, काठमाण्डौ, 2018/05/20
अभिनेता प्रदीप खड्का फिल्मसँग-सँगै विभिन्न नेपाली ब्रान्डसँग पनि आबद्ध छन् । उनी हाल दुई ठूला नेपाली कम्पनीका 'ब्रान्ड एम्बेसडर' हुन् । ‘नोभेम्बर जिन्स नेपाल’ र ‘ब्राडफोर्ड एजुेशसन कन्सल्ट्यान्सी’ को 'ब्राण्ड एम्बेसडर' मा प्रदीप चयन भएका छन् । 
 
फिल्ममा झैँ ब्रान्डसँग आबद्ध हुँदा पनि महँगो पारिश्रमिक बुझ्ने उनले शनिवार काठमाडौंको दरबारमार्गस्थित ‘नोभेम्बर जिन्स नेपाल’ को पहिलो सोरुमको उद्घाटन गरेका छन् ।
 
उनले नोभेम्बरका कपडाकोे क्वालिटी राम्रो लागेका कारण आफू यसको ब्रान्ड एम्बेसडर भएको बताए ।  उनले फिल्म 'प्रेमगीत २' र 'लिलिबिली' मा नोभेम्बरका मात्र फेसन प्रयोग गरेका थिए । 
 
 
उनी भन्छन्, ‘बिदेशी ब्रान्डभन्दा धेरै राम्रो र सस्तोमा नेपाली ब्रान्डका कपडा तयार हुने हुँदा म नोभेम्बरका मात्र कपडा प्रयोग गर्छु र यसको ब्रान्ड एम्बेसडर पनि बनेको हुँ ।' उनले आफ्ना हरेक फिल्ममा नोभेम्बरका कपडाहरुलाई महत्व दिने पनि बताए । 
 
हाल 'रोजी' को सुटिङमा व्यस्त प्रदीप नेपाली उत्पादन मात्र प्रयोग गर्न पनि सबैलाई आग्रह गर्छन् । 'नोभेम्बर जिन्स नेपाल' ले पुरुषका लागि सबै प्रकारका फेसन नेपालमै उत्पादन गरेर मुलुकका १३० वटा स्टोर र भारतका विभिन्न सहरमा पाँच वर्षदेखि बिक्रीवितरण गर्दै आएको छ । 
Most Visited News (monthly)