Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तरकारीवालीले डिग्रीसम्म नि:शुल्क पढ्न पाउने

फिल्मीखबर, काठमाण्डौ, 2018/05/20
तरकारीवालीको नामले चिनिएकी कुशुम श्रेष्ठले ब्याच्लरदेखि डिग्रीसम्म नि:शुल्क पढ्न पाउने भएकी छिन् । १२ कक्षाको परिक्षा दिएर बसिरहेकी उनलाई अब काठमाडौंको बबरमहलमा रहेको मेगा कलेजले डिग्रीसम्मको शिक्षा नि:शुल्क प्रदान गर्ने भएको छ । 
 
 
चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेको तश्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि कुशुम रातारात चर्चामा आएकी थिइन् । उसैबेला चितवनको रत्ननगरस्थित क्विस्ट मोडलसँगको सहकार्यमा हाल दोस्रो सातामा प्रदर्शनरत फिल्म 'लम्फू' का निर्माता शक्तिबल्दभ घोरासैनी (पपुलर मल्टिमीडिया प्रा.ली.) ले कक्षा ११ र १२ का लागि छात्रवृति प्रदान गरेको थियो ।
 
यस्तै, सोही क्रममा कुशुमलाई काठमाडौंको मेगा कलेजको सहकार्यमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि छात्रवृति प्रदान गर्ने 'लम्फू' टिमसँग सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार कुशुमले अब बाँकी अध्ययन मेगा कलेजमा गर्ने भएकी छिन् । आइतवार कुशुमसहित 'लम्फू' टिमले मेगा कलेज पुगेर अवलोकन गरेका छन् । 
 
 
निर्माता शक्तिबल्दभ घोरासैनीले आफूहरुले गरेको वाचा अब पूरा गरेको बताए । उनले भने, 'कुशुमको तश्बिर भाइरल भएपछि हामीले उनलाई अध्ययनमा सहयोग गर्ने जुन वाचा गरेका थियौं अब त्यो पूरा गरेका छौं । हामीले अब मेगा कलेजलाई कुशुमको बाँकी अध्ययनको अभिभारा सुम्पिएका छौं ।' 
 
तरकारीवाली कुशुमलाई कलेजका अध्यक्षसहित शिक्षकहरुले स्वागत गर्दै कलेजको भम्रण गराएका छन् । कुशुमले मेगा कलेजमा अध्ययन गर्न पाउँदा अत्यन्त खुसी भएको बताइन् । उनले भनिन्, 'अहिले मेरो प्राथमिकता भनेकै अध्ययन हो । राम्रो कलेजमा पढ्न पाउँदैछु । उच्च शिक्षा प्राप्त गर्न निरन्तर मेहनत गर्नेछु ।' 
 
 
'लम्फू' का निर्देशक गोपालचन्द्र लामिछाने र अभिनेता सञ्जित भण्डारी पनि कुशुमसँग कलेज पुगेका थिए । दुवैले तरकारीवालीलाई डिग्रीसम्मको अध्ययन नि:शुल्क गर्न सहयोग गरेकोमा कलेज व्यवस्थापनलाई धन्यवाद दिए । कुशुम हाल प्रदर्शनरत फिल्म 'लम्फू' की अभिनेत्री समेत हुन् । 
Most Visited News (monthly)