Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘बाहुबली’ स्टाइलमा ‘कृष ४’ र ‘५’ रिलिज हुने

एजेन्सी, मुम्बई, 2018/05/20
'बाहुबली' को अपार सफलताले भारतीय बक्स अफिसमा यस्तो छाप छाडेको छ, जसलाई बलिउडले आजसम्म ताड्न सकेको छ । तर अब रितिक रोशन यो रेकर्ड तोड्नका लागि तयार छन् । रितिकको फिल्म 'कृष २' र 'कृष ३' ले बक्सअफिसमा राम्रो कमाई गरेको थियो । 
 
अब रितिकका पिता तथा निर्देशक राजेश रोशन 'कृष ४' र 'कृष ५' लाई 'बाहुबली' स्टाइलमा रिलिज गर्दैछन् । रिपोर्ट्सका अनुसार, राजेश रोशनले आफ्नो दुई फिल्मलाई एकसाथ प्रदर्शन गर्ने निर्णय लिएका छन् । चाँडै यस विषयमा आधिकारिक घोषणा हुँदैछ । 
 
फिल्म 'बाहुबली' को जस्तै गरि 'कृष ४' र '५' एकसाथ बन्नेछ भने रिलिज पनि त्यही स्वरुपमा हुनेछ । 'बाहुबली' का निर्देशक राजामौलीले 'बाहुबली द बिगनिंग' को समयमा नै 'बाहुबली द कनक्लूजन' को घोषणा गरेका थिए । अब राजेश रोशन पनि त्यही बाटोमा हिँड्दैछन् ।  
 
 
'कृष' सिरिजको सुरुवात २००३ मा आएको फिल्म 'कोई मिल गया' बाट भएको थियो । यो फिल्ममा पहिलो पटक एलियनको कन्सेप्टमा काम गरिएको थियो । यो फिल्ममा रितिक मुख्य भूमिकामा थिए । करीब ३० करोडमा निर्माण भएको यो फिल्मले भारतीय बक्सअफिसमा ८३ करोडको कलेक्सन गरेको थियो । 
 
यो कहानीलाई अगाडि बढाउने क्रममा वर्ष २००६ मा 'कृष' निर्माण भयो । यो फिल्मले बक्सअफिसमा राम्रो कमाई गरेको थियो । करीब ४० करोडको लागतमा बनेको यो फिल्मले भारतीय बक्सअफिसमा ७२ करोड कमाएको थियो । 
 
यसपछि वर्ष २०१३ मा 'कृष ३' रिलिज भयो । करीब ९४ करोडमा निर्माण गरिएको यो फिल्मले भारतीय बक्सअफिसमा २३५ करोडको कलेक्सन गरेको थियो । 'कृष' सिरीज रितिकका लागि सधै नै खास हुने गर्दछ ।  
Most Visited News (monthly)