Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजाले पछ्याउने लिस्टमा प्रियंकादेखि अनमोलसम्म

फिल्मीखबर, काठमाण्डौ, 2018/05/19
अभिनेत्री पूजा शर्मा 'प्रेमगीत' रिलिज अगाडिसम्म दर्शकमाझ खासै परिचित थिइनन् । तर, यो फिल्मले उनको करिअर हाक्ने गाडीको रुट नै परिवर्तन गर्‍यो । अहिले उनलाई 'स्टार' अभिनेत्री भन्न थालिएको छ । उनमा अहिले आफ्नै तागतले फिल्म सफल बनाउन सक्ने सामर्थ छ भनिन्छ । 
 
 
'मधुमास', 'चंखे शंखे पंखे', 'प्रेमगीत', 'म यस्तो गीत गाउँछु' लगायतका फिल्ममा काम गरिसकेकी पूजाको यस वर्षको भाद्र २२ गते प्रतिक्षीत फिल्म 'रामकहानी' रिलिज हुँदैछ । हरेक नयाँ फिल्ममा नयाँ अभिनेतासँग जोडी बाँध्दै आएकी उनी यसमा आकाश श्रेष्ठको 'पियारी' बनेकी छन् ।   
 
युट्युब रिलिजको दुई हप्तामा यस फिल्ममा समावेश 'तिम्रो लागी म छु' बोलको गीतलाई १७ लाखभन्दा बढी पटक हेरिसकिएको छ । यो गीत पूजाको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको थियो । गीतले दर्शकमा फिल्मप्रतिको कौतुहलता झनै बढाएको छ ।
 
रिल वा रियल, चुलबुले नायिकाको रुपमा चिनिने पूजाको यो फिल्म पनि बक्सअफिसमा हिट हुने सिनेवृतमा पुर्वानुमान लगाउन सुरु भइसकेको छ । यसका निर्देशक सुदर्शन थापा हुन् । 
 
हरेक वर्ष एउटा मात्र फिल्म लिएर आउने पूजा इन्स्टा लभर्स हुन् । हरेक दिन उनी आफ्ना क्यूट तश्बिरहरु शेयर गरिरहेकी हुन्छिन् । ८८ हजारभन्दा बढी फलोअर्सकी धनी उनले भने मात्र ३० जनालाई पछ्याउँछिन् । उनले हालसम्ममा इन्स्टामा २२५ वटा तश्बिरहरु पोस्ट गरेकी छन् । 
 
 
इन्स्टाग्राममा कस-कसलाई पछ्याउँछिन् पूजा ? 
 
इन्स्टा लभर्स पूजाले बलिउड स्टार्सलाई बढी पछ्याउने गरेकी छिन् । उनले पछ्याउने लिस्टमा शाहरुख खान, सलमान खान, आलिया भट्ट, वरुण धवन, प्रियंका चोपडा, दीपिका पादुकोण, शाहिद कपूर, करण जोहरलगायत सामेल छन् । 
 
उनले नेपाली कलाकारलाई पनि खुब पछ्याउने गरेकी रहेछिन् । उनले प्रियंका कार्की, अनमोल केसी, सुगम पोखरेल, हेमन्त राना, अर्जुन पोखरेल, आकाश श्रेष्ठलाई फलो गरेकी छन् । अभिनेत्री शर्माले आफ्ना सर्वप्रिय निर्देशक सुदर्शन थापालाई त लिस्टमा पार्ने नै भईन् । 
 
पूजाले फिल्म 'मधुमास' मा आर्यन सिग्देल, 'प्रेमगीत' मा प्रदीप खड्का र 'म यस्तो गीत गाउँछु' मा पल शाहसँग काम गरेकी थिइन् । तर, रोचक कुरा उनले यी कुनै पनि नायकलाई इन्स्टामा फलो गरेकी छैनन् । आर्यनसँग ठिकठाक रहेपनि प्रदीप र पलसँग भने उनको अहिले 'पानीबाराबार' रहेको खबर छ । 
Most Visited News (monthly)