Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

योद्धा बनिन् सनी लियोनी

एजेन्सी, मुम्बई, 2018/05/19
सनी लियोनीको साउथ इन्डियन फिल्म वीरमादेवीको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सनी आफैंले यो आफ्नो भेरिफाइड ट्विटर ह्यान्डलबाट शेयर गरेकी छिन् । आफ्नो ट्वीटमा सनीले लेखेकी छिन्, 'यो तपाईहरुसँग शेयर गर्न पाउँदा अत्यन्त खुसी छु । 'वीरमादेवी' को फर्स्ट लुक पोस्टर ।'
 
पोस्टरमा सनी लियोनी योद्धाको भूमिकामा देखिएकी छिन्, जो युद्ध क्षेत्रमा घोडामा सवार छिन् । तमिल-तेलुगू भाषामा बनिरहेको यो फिल्म मलयालम, कन्नड र हिन्दीमा पनि रिलिज हुनेछ । यसभन्दा अगाडि पनि सनी कयौं साउथ इन्डियन फिल्मको गीतमा देखिसकेकी छिन् । 
 
 
अब उनी पहिलो पटक कुनै साउथ इन्डियन फिल्ममा लिड एक्ट्रेसको रुपमा देखिँदैछिन् । फिल्मको अझै केही प्रतिशत छायांकन बाँकी छ । निर्देशक वी.सी. वाडिवुड्यान यो फिल्ममा निकै पैसा खर्च गरिरहेका छन् ।  
 
फिल्ममा उच्चस्तरीय भिजुअल इफेक्ट्स प्रयोग गरिएको छ । यसअघि पनि धेरै पीरियड ड्रामा फिल्मले बक्सअफिसमा कमालको कलेक्सन गरेका उदाहरण छन् । हेर्न अब यो बाँकी छ कि सनीको यो डेब्यु साउथ इन्डियन फिल्मले बिजनेसको मामलामा कस्तो खेल देखाउन सक्नेछ ।  
Most Visited News (monthly)