Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निशाले दिइन् छोरालाई जन्म

फिल्मीखबर, काठमाण्डौ, 2018/05/19
अभिनेत्री निशा अधिकारी र क्रिकेटर शदर भेषावकरको घरमा सन्तानको प्रवेश भएको छ । शुक्रवार अमेरिकाको एक अस्पतालमा निशाले छोरालाई जन्म दिएकी हुन् । 
 
उनले फेसबुकमार्फत् आफ्नो र छोरा 'युभन निशारद' को स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएकी छन् । निशा पहिलोपल्ट आमा बनेपछि उनका साथी, कलाकार, तथा समर्थकले खुसी प्रकट गरेका छन् । 
 
 
निशाले परिवारमा नयाँ सदस्य थपिएकामा आफू निकै खुसी भएको बताएकी छन् । आफू निर्मित फिल्म 'झ्यानाकुटी' रिलिज लगत्तै उनी अमेरिका उडेकी थिइन् । प्रायः उनले दैनिकजसो आफ्नोे बेबी बम्प देखाउँदै फेसबुकमा तश्बिर अपलोड गरिरहेकी हुन्थिन् । 
 
अमेरिका प्रस्थान गरेका महिलाहरुले अमेरिका पुगेर सन्तान जन्माउँदा त्यहाँका नागरिकता पाउने गर्छन् । सन्तानले पाएको नागरिकताको आधारमा परिवार पुरै अमेरिकामा सेटल हुन पाउने व्यवस्थाले गर्दा निशाले पनि अमेरिका मोहका कारण आफ्नो पहिलो सन्तानलाई अमेरिकामा जन्म दिएको चर्चा छ । 
Most Visited News (monthly)