Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यात्रु ओसार्न सडकमा निस्किइन् ऋचा

फिल्मीखबर, काठमाण्डौ, 2018/05/18
अहिले फिल्म बनाएर मात्र पुग्दैन, गतिलो प्रचारप्रसारले पनि फिल्मको कमाईमा ठूलो असर पार्छ । वर्षमा सय बढी फिल्म प्रदर्शन हुने हुँदा कुन मितिमा कुन फिल्म रिलिज हुँदैछ दर्शक अनविज्ञ हुन्छन् । यसकारण पनि फिल्मको प्रचार आवश्यक पर्छ । 
 
 
अहिले प्रचारको शैली पनि फेरिएको छ । र्‍याली, माइकिङ, पोस्टर–पम्प्लेट मात्र अब फिल्मको प्रचारका लागि काफी छैन । पछिल्लो समय रोड कन्सर्ट खुब चलेको छ । यसका लागि खर्च धेरै लाग्ने हुँदा धेरै निर्माताले यो शैली अपनाउन सक्दैनन् । ठूला ब्यानरका फिल्मले मात्र रोड कन्सर्ट गर्ने गरेका छन् । 
 
‘कोहलपुर एक्सप्रेस’ को पिज्जा डेलिभरी, ‘ह्याप्पी डेज’ को रथयात्रा, ‘डमरुको डण्डीबियो’ को ठ्याक लाउने च्यालेन्जलाई धेरैले राम्रो तारिफ गरे । यसले फिल्मको व्यापारमा पनि ठूलै सहयोग गर्‍यो । 
 
यसैबीच, जेठ ११ गतेबाट प्रदर्शनमा आउन लागेको ऋचा शर्मा अभिनीत तथा निर्मित हरर फिल्म ‘सुनकेसरी’ ले पनि नयाँ शैलीको प्रचारको सुरुवात गरेको छ । ‘कोहलपुर एक्सप्रेस’ रिलिजताका दर्शकको घर-घरमा पिज्जा पुर्‍याउन हिँड्की ऋचाले यसपटक भने गाडी कुरेर बसेका यात्रुलाई निःशुल्क स्कुटीमा राखेर गन्तव्यसम्म पुर्‍याउने काम गरेकी छन् । 
 
 
यसका लागि उनीसँग टूटलले सहकार्य गरेको छ । टूटल, काठमाडौँ उपत्यका भित्र अनलाइनमार्फत् मोटरसाइकल तथा स्कूटीमा यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने माध्यम हो । बिहीवार अभिनेत्री शर्माले पायक पर्ने ठाउँबाट ३/४ जना यात्रुलाई स्कुटीमा राखेर गन्तव्यसम्म पुर्‍याइन् ।
 
यात्रा अवधिभर उनले यात्रुलाई आफू अभिनीत फिल्म ‘सुनकेसरी’ को विषयमा पनि जानकारी दिइन् । टूटलबाट ऋचालाई भेट्न पाउँदा यात्रुहरु खुसी देखिन्थे । अधिकांशले ट्रेलरले उत्साहित बनाएको भन्दै ‘सुनकेसरी’ हेर्ने वाचा गरे ।
 
यस फिल्मका निर्देशक अर्पण थापा हुन् । यस फिल्ममा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मा, लॉरेन लॉफबर्गलगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।
 
 
उक्त फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् । 
Most Visited News (monthly)