Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समाजसेवामा निर्देशक दीपा

फिल्मीखबर, काठमाण्डौ, 2018/05/18
'अन्तराल' र 'श्री ५ अम्बरे' फिल्म निर्देशन गरिसकेकी महिला निर्देशक दीपा बस्नेतले समाजसेवामा पनि आफ्नो आफ्नो हात अगाडि बढाएकी छिन् । पछिल्लोे समय फिल्म निर्देशनबाट टाढा देखिएकी उनले बिहीवार दुई वृद्धाश्रम र विद्यालयमा खाना र खाजा खुवाएकी छिन् । 
 
 
मे १७ 'आर्ट अफ गिभिङ दिवस' को अवसरमा दीपालगायतको टिमले सामुहिक रुपमा जम्मा गरेको आर्थिक सहयोगबाट गोल्फुटारमा रहेको दिब्य सेवा निकेतन र तिनकुनेमा रहेको नि: सहाय सेवा सदन आश्रम लिएर बसेका करीब ११५ वृद्धवृद्धालाई भोजन गराइएको छ । 
 
 
यस्तै, चितवनको कान्दामा सञ्चालित कुमार बलराम स्मृती छात्राबासमा रहेका १६५ बालबालिका र अनामनगरमा रहेको श्री रुद्रमती प्राथमिक विद्यालयमा अध्ययनरत सम्पुर्ण बालबालिकालाई एक दिनका लागि दिवा खाजा बाँडिएको निर्देशक बस्नेतले फिल्मीखबरलाई जानकारी दिइन् । 
 
 
मे १७ मा विश्वभर 'आर्ट अफ गिभिङ दिवस' मनाइएको र विश्वभर गरेर करीब १ करोड असाहय गरिब तथा अनाथहरुलाई भोजन उपलब्ध गराइएको 'आर्ट अफ गिभिङ दर्शन' का प्रतिपादक डा.अच्युत सामन्तले बताए । 
Most Visited News (monthly)