Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि अर्जुनको फिल्म नेपालमा सुटिङ हुने

फिल्मीखबर, काठमाण्डौ, 2018/05/18
बलिउड अभिनेता अर्जुन कपूरको नयाँ प्रोजेक्ट 'इन्डियाज मोस्ट वान्टेड' को सुटिङ नेपालमा हुने भएको छ । यसअघि उनी अभिनीत फिल्म 'सन्दीप और पिंकी फरार' नेपाल र भारत सीमावर्ती क्षेत्रमा खिचिएको थियो । 
 
निर्देशक राजकुमार गुप्ताले आफ्नो महत्वाकांक्षी यो प्रोजेक्टको छायांकन अगस्टबाट सुरु गर्दैछन् । यो फिल्म एक इन्स्पायरिङ स्टोरी हुनेछ र अर्जुन लिड रोलमा रहनेछन् । 'इन्डियाज मोस्ट वान्टेड' नेपाल र भारतमा खिचिनेछ । 
 
 
यो भारतको मोस्ट वान्टेडको कहानीबाट प्रेरित छ जसले एक गोली समेत चलाएका थिएनन् । अर्जुनले यसमा एक इन्टिलिजेन्स अफिसरको भूमिका निर्वाहा गर्दैछन् । निर्देशक गुप्ताले फक्स स्टार स्टूडियोजसँगको सहकार्यमा यो फिल्म निर्माण गर्दैछन् । 
 
राजकुमार गुप्ताले यसअघि 'रेड', 'आमिर', 'घनचक्कर' र 'नो वन किल्ड जेसिका' जस्ता फिल्म बनाइसकेका छन् । अर्जुन कपूर पहिलो पटक  फिल्म 'मुबारका' मा डबल रोल गर्दै देखिएका थिए । उनको फिल्म 'सन्दीप और पिंकी फरार' र 'नमस्ते लण्डन' पर्दामा रिलिज हुन बाँकी छ । 
Most Visited News (monthly)