Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

७ लाखमा जापान उड्यो ‘डमरुको डण्डीबियो’

फिल्मीखबर, काठमाण्डौ, 2018/05/17
बक्सअफिसमा सोचे अनुरूप इनिसियल कलेक्सन नगरेपनि दर्शकबाट वाहवाही बटुलेको अभिनेता खगेन्द्र लामिछाने स्टारर फिल्म ‘डमरुको डण्डीबियो’ ले अब विदेश प्रदर्शन सुरु गर्ने भएको छ । 
 
बुधवार यो फिल्मको जापान राईट्स ७ लाखमा बिक्री भएको छ । सेभेन समुराई इन्टरनेशनलका प्रतिनिधि राजु लामा र समृद्धी इन्टरटेनमेन्टका प्रतिनिधि अर्थात् फिल्मका निर्माता बिनोद गुरुङले जापान राईट्सको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सेभेन समुराईका एमडी रेशमकुमार डंगोल हुन् । 
 
 
शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन सुरु गर्न लागेको यस फिल्मका निर्देशक छेतेन गुरुङ्ग हुन् । खगेन्द्रको कथामा यो फिल्म निर्माण भएको हो । यस फिल्मले शहरमा बसेर पढेको एक युवक डण्डीबियोलाई पूर्नस्थापित गर्न गाउँ पसेको कथा बोल्छ । 
 
यो फिल्ममा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, आशान्त शर्मा, अंकित खड्का, लक्ष्मी बर्देवा, बुद्धि तामाङ, इंगी होपो सुनुवारलगायतका कलाकारको लिड रोल छ । 
 
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेले ‘डमरुको डण्डीबियो’ निर्माण गरेका हुन् । खगेन्द्रले ‘डमरुको डण्डीबियो’ मा एक डण्डीबियो खेलाडीको भूमिका निर्वाहा गरेका छन् ।
Most Visited News (monthly)