Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाँच तश्बिरमा हेर्नुस् प्रदीपको क्रिमिनल लुक्स

फिल्मीखबर, काठमाण्डौ, 2018/05/17
 
युवा स्टार प्रदीप खड्काको क्रेज दिनप्रति दिन बढ्दो छ । 'प्रेमगीत' बाट रातरात चम्किएका उनले पछिल्लो रिलिज फिल्म 'लिलिबिली' सम्म आइपुग्दा 'युवा स्टार' को ट्याग लिइसकेका छन् । उनले जतिजति सफलता चुम्दै गएका छन् उतिउति उनको 'फिस' पनि चर्को हुँदै गएको छ । 
 
'लिलिबिली' का लागि २२ लाख लिएका उनले बुधवारबाट छायांकन सुरु भएको फिल्म 'रोजी' का लागि २५ लाख पारिश्रमिक बुझेको चर्चा छ । तर, यस विषयमा उनले कुनै औपचारिक खुलासा भने गरेका छैनन् । अचेल उनी पारिश्रमिकको कुरा उठ्दा मौन हुने गर्दछन् । 
 
 
चकलेटी लुक्सका धनी उनी प्रायः पर्दामा रुन्चे क्यारेक्टरमा देखिएका छन् । अब भने उनी विल्कुलै फरक भूमिकामा देखिँदैछन् । फिल्म 'रोजी' मा उनलाई लभर ब्वाई मात्र नभएर प्रेमिका हत्याको आरोपमा जेल जीवन विताइरहेको एक कैदीको भूमिकामा पनि देख्न पाइनेछ । 
 
बुधवार यस फिल्मको बालाजुमा रहेको एनएफडिसी हलमा मुहर्त गरियो । जहाँ दुई दिन लगाएर तयार पारिएको अदालतको कठघरामा प्रेमिका रोजी राणाको हत्याको आरोपमा प्रदीप उभिएका थिए । अदालत सामु उनी भन्दै थिए, 'मैले रोजीलाई मारेको होइन । मुक्ति दिएको हुँ । '
 
 
फिल्ममा प्रदीप ५ वर्षदेखि जेल जीवन बताएर अदालतमा उपस्थित भएको एक दृश्य छ, जसमा उनी क्रिमिनल लुक्समा देखिन्छन् । मुहर्त समारोहमा उपस्थित उनको हातमा हतकडी देखिन्थ्यो । लामो कपाल, नक्कली दाह्री-जुँगामा उनलाई जो कोहीँले सजिलै चिन्न गाह्रो पर्थ्यो । 
 
एकैखाले भूमिकामा रमाइरहेको आरोप खेपिरहेका उनी 'रोजी' बाट भने दर्शकले फरक स्वाद पाउनेमा विश्वस्त छन् । मिडियामा रिभिल गरिएको उनको क्रिमिनल लुक्सले पनि दर्शकमा फिल्मप्रति झनै कौतुहलता बढाएको छ । अब यस फिल्मको हरेक एक खबरमा दर्शकको चासो रहनेछ । 
 
 
'रोजी' लाई 'होमवर्क' फेम निर्देशक निरक पौडेलले निर्देशन गर्दैछन् । यसमा प्रदीपको अपोजिटमा अभिनेत्री परमिता आरएल राणा रहनेछिन् । मिरुना मगर, कर्मा शाक्य, बरुण आरएल राणालगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहनेछ । 
 
 
गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको प्रस्तुतकर्तामा उद्धव पौडेल रहेका छन् । आयरा पौडेल र आरोही केसीको निर्माण रहने ‘रोजी’ लाई राजु विक्रम थापाले खिच्नेछन् ।
 
तश्बिर : विवेक बस्याल
Most Visited News (monthly)