Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

टुट्यो साम्राज्ञीको ह्याट्रिक सपना

फिल्मीखबर, काठमाण्डौ, 2018/05/17
युवा पुस्तामाझ कहलिएको नाम हो अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । डेब्यु फिल्म 'ड्रिम्स' मा अभिनेता अनमोल केसीलाई समेत आछुआछु बनाएकी उनी अहिलेकी सर्वाधिक 'डिमाण्डेड' अभिनेत्री हुन् । नेपालमा कमै नायिकाले बुझ्ने पारिश्रमिक उनले अचेल एक फिल्मबाट हात पार्ने गरेकी छन् । 
'ड्रिम्स' र दोस्रो फिल्म 'ए मेरो हजुर २' हिट भएपछि साम्राज्ञी ह्याट्रिकको दौडमा थिइन् । यसैबीच उनी अभिनीत तेस्रो फिल्म 'तिमीसँग' गएको चैत २३ गते प्रदर्शनमा आयो । 
 
यसमा उनको लिड अभिनय थियो । साम्राज्ञीको क्रेजका कारण यो फिल्मले बक्सअफिसमा सुखद नजिता ल्याउने धेरैको विश्वास थियो । 
 
साम्राज्ञी स्वयम 'तिमीसँग' ले आफ्नो ह्याट्रिक सपना पूरा गर्नेमा ढुक्क थिइन् । तर, रिजल्ट न निर्माताले सोचे अनुसार आयो न त साम्राज्ञीको सपना नै पूरा भयो ।
 
यो फिल्म बक्सअफिसमा पत्तासाफ भयो भन्नु गलत हुनसक्छ । निर्माताले यसबाट लगानी सुरक्षित गर्न नसकेपनि घरजग्गा नै बेच्नु पर्ने अवस्था भने छैन । फिल्मले ठिकठाककै विजनेश गर्‍यो । 
 
फिल्मले जति कलेक्सन गर्‍यो त्यो साम्राज्ञीकै कारण सम्भव भएको हो । तर, यसको असर अब उनको आगामी प्रोजेक्टमा नपर्ला भन्न सकिन्न । र, उनलाई फिल्ममा लिन लाइन लागेर बसेका निर्माता/निर्देशकको संख्यामा पनि ठूलै छाँटकाँट हुनेछ । 
 
कलाकारका कारण कुनै पनि फिल्म सफल वा असफल हुने भन्ने हुँदैन । तर, यी दुईमध्ये जुनसुकै नजिता आएपनि कलाकारलाई त्यसले प्रत्यक्ष प्रभाव भने पार्छ । अब उनी अभिनीत दुई नयाँ फिल्म रिलिजको तरखरमा छन् । 
 
उनले अभिनेता आर्यन सिग्देलसँग काम गरेको फिल्म 'कायरा' साउन १८ गतेबाट प्रदर्शनमा आउँदैछ । यसका लागि साम्राज्ञीले १० लाख पारिश्रमिक बुझेको चर्चा छ ।
 
साम्राज्ञी र आर्यनले पहिलो पटक एकसाथ 'स्कृन' शेयर गरेका कारण दर्शकहरु यो कपललाई पर्दामा हेर्न निकै आतुर छन् ।
 
उता साम्राज्ञी अभिनीत पाँचौ फिल्म 'इन्टु मिन्टु लण्डनमा' पनि अब प्रदर्शनका लागि तयारी अवस्थामा छ । तर, यसको प्रदर्शन मिति भने तय भएको छैन । 'कायरा' र 'इन्टु मिन्टु लण्डनमा' मध्ये एक फिल्म हिट मात्र भएपनि साम्राज्ञीको ह्याट्रिक गर्ने सपना पूरा हुनेछ । 
Most Visited News (monthly)