Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नरेन्द्र र मौसमीलाई रजत सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2018/05/17
छायाँछवि क्रियशनले यही जेठ १० गते आयोजना गर्न लागेको 'डी सिने अवार्ड' को अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरेको छ । 
 
छायाँछवि क्रियशनले 'डी सिने अवार्ड' को अवसरमा 'छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड', 'छायाँछवि चलचित्रकर्मी रजत सम्मान' (पुरुष/महिला) एवं 'छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार' प्रदान गर्दै आएको छ ।
 
 
यस वर्ष 'छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड' नेपालकै पहिलो चलचित्र ‘आमा’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी हाँस्य साम्राज्ञीको उपमा पाएकी बसुन्धरा भूषाललाई प्रदान गरिने भएको छ । 
 
छायाँछवि क्रियशनले यस वर्षको पुरुषतर्फ 'छायाँछवि चलचित्रकर्मी रजत सम्मान' वितरक, प्रदर्शक एवं निर्माता नरेन्द्र महर्जन र महिलातर्फ मौसमी मल्ललाई प्रदान गर्ने भएको छ ।
 
यस्तै, 'छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार' श्याम अर्याललाई प्रदान गरिने निर्णय गरिएको छ । अर्याललाई नगद रु १० हजार १० रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ ।
 
जेठ १० गते राष्ट्रिय सभा गृहमा भव्य र सभ्य रुपमा अवार्डको आयोजना हुन लागेको छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
Most Visited News (monthly)