Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रेस ३’ का ८ दमदार डाइलग : ‘यो रेस जिन्दगीको रेस हो’

एजेन्सी, मुम्बई, 2018/05/17
सलमान खानको मोस्टअवेटेड मूभी ‘रेस ३’ को ट्रेलर सार्वजनिक भइसकेको छ । करीब साढे ३ मिनेटको ट्रेलरमा सलमान जबर्जस्त एक्सन गर्दै देखिएका छन् । यतिमात्र होइन ट्रेलरमा उनको डाइलग डेलिभरी पनि उत्कृष्ट छ । 
 
 
ट्रेलरको सुरुमा सलमान डाइलग बोल्छन्, 'यो रेस जिन्दगीको रेस हो । कसैको जिन्दगी लिएर मात्र खत्तम हुन्छ ।' सलमानका अलावा ट्रेलरमा बबी देओल, जैकलीन फर्नान्डिज, डेजी शाह, अनिल कपूरको पनि उत्कृष्ट डाइलग डेलिभरी छ । 
 
फिल्मलाई रेमो डिसूजाले निर्देशन गरेका हुन् । यसअघि उनले 'एबीसीडी' र 'एबीसीडी २' जस्ता फिल्म निर्देशन गरिसकेका छन् । रिलिज पूर्व नै १९० करोड कमाई गरिसकेको यस फिल्मका निर्माता रमेश तौरानी हुन् । यो फिल्म ईदको अवसर पारेर १५ जुनमा रिलिज हुँदैछ । 
 
यस्ता छन् ‘रेस ३’ का ८ दमदार डाइलग :-
 
१. परिवारका लागि कसैको ज्यान पनि लिनु पर्छ भने हामी पछाडि हट्दैनौं । 
 
२. यो रेस जिन्दगीको रेस हो । कसैको जिन्दगी लिएर मात्र खत्तम हुन्छ । 
 
३. जुन रेसबाट मलाई निकाल्ने कुरा गर्दैछन् यी बेकुफहरु, उनीहरु जान्दैनन् कि यो रेसको सिकन्दर हुँ म । 
 
४. हात देउन् प्लिज....नडराऊ, बिहेको लागि मागेको होइन । 
 
 
५. रिसमा लिइएको डिसीजनले सधै नोक्सान पुर्‍याउँछ, यसैले पहिला मैले डिसीजन लिएँ- 'आई एम नट गेटिङ एङग्री, भेरी एङग्री ।'
 
६. तिम्रो विश्वास कसरी गर्न सक्छु, त्यसो त बाधा र वचनको निकै पक्की हुँ म । 
 
७. हाम्रो विजनेशमाथी कसैले नजर डालेको त्यो मलाई सैह्य हुने छैन । 
 
८. हाम्रो विजनेशमा दुश्मन जति कम हुन्छन् उति नै विजनेश बढ्छ ।
 
ट्रेलर हेर्नुस् :-

Most Visited News (monthly)