Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘लुट’ निर्माता प्रहरी नियन्त्रणमा

फिल्मीखबर, काठमाण्डौ, 2018/05/16
‘लुट’ निर्माता माधव वाग्लेलाई प्रहरीले गिरफ्तार गरेको छ । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चङ्गा चेट’ को प्रयोजनका लागि छापिएको १ हजारको तीन बण्डल नक्कली नोट फिल्मका केही प्राविधिकहरुले एक रोधी घरमा खर्च गरेपछि यसका निर्मातालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
 
रोधी घरबाट प्रहरीमा उजुरी परेपछि बुधवार बिहान निर्माता वाग्लेलाई महाराजगञ्ज प्रहरीले बोलाएको थियो । 
 
 
सोधपुछका लागि भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर बुधवार दिउँसो काठमाडौं जिल्ला अदालतमा थप अनुसन्धानका लागि म्याद थप गरेको छ । पुनः बिहीवार उनलाई अदालत सामु उपस्थित गराइने खबर प्राप्त छ । 
 
अहिले उनलाई प्रहरीले थुनामा राखेर अनुसन्धान थालेको छ । उनले 'लुट' सँगै 'लुट २', 'लभ सासा', 'रेशम फिलिली' लगायतका फिल्म निर्माण गरिसकेका छन् । 
Most Visited News (monthly)