Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मीखबरकर्मी दाहाल पुरस्कृत हुँदै

फिल्मीखबर, काठमाण्डौ, 2018/05/16

चलचित्र पत्रकार संघ, नेपालले फिल्मीखबर डटकममा कार्यरत पत्रकार अन्जान दाहाल (मनिष) लाई पुरस्कृत गर्ने भएको छ । जेठ २ गते बुधबार बसेको संघको कार्यसमिति बैठकले यो घोषणा गरेको हो । 

 

पत्रकारितामा सक्रिय भएको छोटो अवधिमै चलचित्र पत्रकारितामा स्थापित दाहाललाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको संघका अध्यक्ष सन्दिप सापकोटाले जानकारी दिए । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ ।
 
 
यस्तै, संघको कार्यसमिति बैठकले दयाराम पाण्डे र ध्रुव लम्साललाई चलचित्र पत्रकारिता सम्मान तथा लक्ष्मण सुवेदी र सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । 
 
आगामी जेठ ७ मा हुन गईरहेको चलचित्र पत्रकार संघ, नेपालको १९ औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिँदैछ ।
Most Visited News (monthly)