Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

सलमानको ‘रेस ३’ ट्रेलर सार्वजनिक

एजेन्सी, मुम्बई, 2018/05/15
बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘रेस ३’ को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । एकपछि अर्को नयाँ पोष्टरले फिल्मप्रति दर्शकको उत्सुकता बढ्दै गर्दा निर्माण टिमले मंगलवार मुम्बईमा एक कार्यक्रम गर्दै एक्सनले भरिएको ट्रेलर सार्वजनिक गरेको हो । 
 
 
१५ जूनलाई प्रदर्शन मिति तय गरिएको रेमो डिसूजा निर्देशित यो फिल्ममा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलाई एक्सन अवतारमा देख्न सकिन्छ । रमेश तौरानी निर्मित यस फिल्मको ट्रेलरमा ज्याकलीन र डेजी निकै बोल्ड लुक्समा देखिएका छन् । 
 
सलमानले आजसम्म फिल्ममा भिलेनको भूमिका निर्वाहा नगरेका कारण उनले ‘रेस ३’ मा नेगेटिभ रोल चयन गरेका हुन् । उक्त फिल्ममा उनको रोल पूरै नेगेटिभ भने छैन । उनी ‘रेस ३’ मा साइकोलोजिकल भिलेनको भूमिकामा देखिँदैछन् ।    
 
स्मरण रहोस्, सलमानको गएको २२ डिसेम्बरमा फिल्म ‘टाइगर जिन्दा हे’ प्रदर्शनमा आएको थियो । भारतीय बक्सअफिसमा ३ सय करोडभन्दा बढी कलेक्सन गरेको यो फिल्मका कारण ‘रेस ३’ लाई ठूलो फाइदा पुग्ने धेरैको अनुमान छ । सलमानका प्रशंसक फेरि पनि उनको एक्सन अवतार हेर्न व्यग्र प्रतिक्षामा छन् ।
 
खबरअनुसार, यस फिल्मले प्रदर्शन अगावै १९० करोडको कमाई गरेको छ । मिडियाको खबरलाई आधार मान्ने हो भने ‘रेस ३’ का प्रोड्यूसर रमेश तौरानीले यस फिल्मको थिएट्रिकल राइट्स इरोज इन्टरनेशनललाई १९० करोडमा बेचेका छन् । यो सलमानको पहिलो फिल्म हो जसको थिएट्रिकल राइट्स सबैभन्दा महँगो मूल्यमा विक्रि भएको छ । 
 
ट्रेलर हेर्नुस् :-

Most Visited News (monthly)