Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

‘पण्डित बाजेको लौरी’ मा ‘बादी-बदिनी’ को कथा (टीजर)

फिल्मीखबर, काठमाण्डौ, 2018/05/15
साउन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पण्डित बाजेको लौरी’ को कमेडी टीजर सार्वजनिक भएको छ । एउटा सानो गाउँमा पण्डित्याईको भिन्न-भिन्न काम गर्ने पण्डितहरुको कथामा बनेको फिल्मले समाजका गहकिला समस्या र घटनालाई उठाएको छ ।
 
 
निर्देशक दीपक ओलीले बादी जातीको कथालाई पनि फिल्ममा प्रस्तुत गरिएको बताए । बिजय बराल 'बादी' र सन्ध्या केसी 'बदिनी' को भूमिकामा देखिएका छन् । निर्देशक ओलीका अनुसार, तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डितबीचको सम्बन्धलाई यसमा देखाउन खोजिएको छ । 
 
अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।
 
‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँर/दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ ।
 
टीजर हेर्नुस् :-

Most Visited News (monthly)