Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलिनमानको ‘यात्रा’ आरम्भ

फिल्मीखबर, काठमाण्डौ, 2018/05/15
‘ए मेरो हजुर २’ फेम अभिनेता सलिनमान बनियाँको प्रमुख भूमिका रहने फिल्म 'यात्रा : अ म्युजिकल भ्लग' को छायांकन सुरु भएको छ । मंगलवार राजधानीको कमलादीमा रहेको गणेस्थानमा पुजाआजा गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो । 
 
सुटिङको पहिलो दिन गणेस्थान र गहनापोखरी वरिपरि फिल्मको छायांकन गरिएको छ । यसमा सलिनका अलावा सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाललगायतको अभिनय रहनेछ । 
 
 
यही फिल्ममार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु  चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । 
 
कोटकी कालिका देवी फिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराई, सुशील पोखरेल, मुक्ति तिमल्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् । सम्राट शाक्यले यस फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन । फिल्ममा कथापनि सम्राटकै रहेको छ । 
 
फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरोयोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ । यसलाई संजय लामाले खिच्नेछन् । 
Most Visited News (monthly)