Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बेबी आई लभ यू’ लाई ‘पिजी’

फिल्मीखबर, काठमाण्डौ, 2018/05/14
जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेबी आई लभ यू’ सेन्सर पास भएको छ । जनक पाण्डे निर्देशित यो फिल्मले सेन्सर वोर्डबाट ‘पिजी’ प्रमाण पत्र प्राप्त गरेको छ । अब १६ वर्ष भन्दा कम उमेरका दर्शकले यो फिल्मलाई अभिभावकको साथमा हेर्नुपर्नेछ ।
 
फिल्ममा समावेश केही लागु औषधका दृश्यका कारण सेन्सरले पिजी प्रमाण पत्र दिएको निर्माता शिव न्यौपानेले बताए । सेन्सरका सदस्यले भने फिल्म रुचाएको उनको भनाई छ । 
 
 
‘बेबी आई लभ यू’ मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ । सन्तोष र पूजासँगै यसमा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थीलगायतको अभिनय छ । 
 
सुरज आचार्यको सिनेम्याटोग्राफी रहेको फिल्मको कथा अभिनेता खड्का आफैंले लेखेका हुन् । लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित उक्त फिल्ममा सिर्जना परियार र दुर्गा पाण्डे सह–निर्मातामा रहेका छन् ।
Most Visited News (monthly)