Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वुद्दि स्टारर ‘चङ्गा’ ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/05/14
हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) द्वारा निर्देशित फिल्म ‘चङ्गा’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच निर्माण टिम र कलाकारको उपस्थितिमा कमेडी संवादले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । 
 
ट्रेलरमा पैसा अभावका कारण पात्रहरुको चौपट दैनिकीलाई प्रस्तुत गरिएको छ । कलाकार अंकित खड्का र लक्ष्मी वर्देवाको प्रेममा परिवार बाधक देखिएको छ भने एक सहकारीको अध्यक्षमा निर्वाचित भएका वुद्दि तामाङ पैसाको चक्करमा देखिन्छन् । 
 
 
फिल्ममा वुद्दि तामाङ (हैट), कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । हाँस्य जनराको फिल्मले पारिवारिक तथा सामाजिक कथा बोल्छ ।
 
फिल्मको कथा निर्देशक आफैंले लेखेका हुन् । ‘चङ्गा’ लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार-चढावलाई जोडिएको छ । 
 
निर्देशक किशोर भण्डारीले फिल्म वास्तविक कथामा निर्माण भएको खुलाए । उनले पहिलो पटक फिचर फिल्म निर्देशनमा डेब्यु गरेका हुन् । यस्तै, कलाकार अंकित खड्का ‘चङ्गा’ मा आफ्नो भूमिका फरक रहेको बताउँछन् । कार्यक्रममा वुद्दि भने राजधानी बाहिर भएका कारण उपस्थित हुन सकेनन् । 
 
रविन आचार्यले खिचेको फिल्ममा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको फिल्मकी निर्मात्री रेश्मा तिमल्सिना हुन् । यस फिल्मको प्रदर्शन मिति जेठ २५ गतेलाई तय गरिएको छ । 
 
ट्रेलर हेर्नुस् :-

Most Visited News (monthly)