Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

शेयर बाँडफाँडमा निर्माता र प्रदर्शकबीच सहमती जुट्यो

फिल्मीखबर, काठमाण्डौ, 2018/05/14
शेयर बाँडफाँडको विषयमा चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच सहमती भएको छ । पटक- पटकको वार्ता पश्चात आइतवार साँझ निर्माता र प्रदर्शकबीच सहमती जुटेको हो । 
 
दुई संस्थाबीच भएको सहमतीअनुसार अब पहिलो साता निर्माता र प्रदर्शकले ५०/५० प्रतिशत शेयर बाँडफाँड गर्ने भएका छन् ।
 
यस्तै दोस्रो सातामा निर्माताले ४५ र प्रदर्शकले ५५ प्रतिशत, तेस्रो सातामा निर्माताले ४० र प्रदर्शकले ६० प्रतिशत शेयर पाउने छन् । 
 
चौथो हप्तादेखि भने निर्माताको हातमा ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत शेयर पाउने सहमती भएको छ ।
 
निर्माता संघ र चलचित्र संघले संयूक्त रुपमा सोमवार दिउँसो २ बजे राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस विषयमा जानकारी दिने कार्यक्रम तय छ । 
 
निर्माता संघ र चलचित्र संघबीच दुई सातासम्म हलमा निःशुल्क ट्रेलर बजाउन, पोस्टर, ब्यानर, स्ट्यान्डी राख्ने पाइने पनि सहमती भएको छ । 
 
निर्माता संघले २०६० साउन २३ गते चलचित्र संघसँग भएको सम्झौता पुनरावलोकन गर्दै आफ्ना माग जेठ १ गतेभित्र पूरा नगरेमा ४ गतेदेखि देशभरका हलमा कुनै पनि भाषाका फिल्म प्रदर्शन हुन नदिइने र त्यसपछि संघर्षका थप कार्यक्रम घोषणा गरि आन्दोलन चर्काउने चेतावनी दिएको थियो । 
 
२०६० सालमा निर्माता संघ र चलचित्र संघबीच भएको सम्झौताको बुँदा नम्बर १ मा काठमाडौं उपत्यकामा चलचित्र प्रदर्शन पश्चात् उठेको कूल रकममा भ्याट कट्टा गरि बाँकी रकममा सिनेमा घरको भौतिक सुविधा, व्यापार, ठाउँ तथा क्षेत्र आधारमा निर्माता/वितरकले ५५ देखि ६० प्रतिशत र प्रदर्शकले ४० देखि ४५ प्रतिशतसम्मको दरले लिने दिने सहमती भएको थियो । 
Most Visited News (monthly)