Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो ‘अमेरिका बोइज’ को कमेडी ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2018/05/13
जेष्ठ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘अमेरिका बोइज’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको कमेडी कथाले भरिएको ट्रेलर रिलिज गरिएको हो । 
 
 
काठमाडौंमा मस्ती गर्न घरमा अमेरिका जानका लागि ३ लाख रुपैयाँ मगाएर खाडी मुलुक गएका तीन युवाको कथा यस फिल्मले बोल्छ । ट्रेलरमा पानलाई भिलेन भनिएको छ । 
 
प्रवेश पौडेलको निर्देशनमा तयार भएको यस फिल्ममा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलियालगायतको अभिनय छ । 
 
प्रकाश भुजेल र इन्द्र प्रसाद खरेल निर्माता रहेको फिल्मको लागत दुई करोड रहेको बताइएको छ । समिर खरेल फिल्मका कार्यकारी निर्माता हुन् । अनुप थापा, यमुना खरेल र राज केसी सह-निर्मातामा रहेका छन् ।  
 
ट्रेलर हेर्नुस् :-

Most Visited News (monthly)