Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्सअफिसमा चम्कियो आलियाको ‘राजी’

एजेन्सी, मुम्बई, 2018/05/13
मेघना गुलजारको निर्देशनमा बनेको आलिया भट्ट स्टारर फिल्म ‘राजी’ ले बक्सअफिसमा कमाल गरिरहेको छ । फिल्मले ओपनिङ डेमा ७ करोड ५३ लाख रुपैयाँको कमाई गरेको छ र दोस्रो दिन फिल्मको विजनेशमा झण्डै ५० प्रतिशत वृद्धि देखिएको छ । 
 
 
यसले दोस्रो दिन ११ करोड ३० लाख कलेक्सन गरेको छ । फिल्मले प्रदर्शनको दुई दिनमा घरेलू बजारबाट मात्र कूल १८ करोड ८३ कमाएको छ । 
 
ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको कमाईको आँकडा ट्वीट गर्दै लेखेका छन्, ‘राजी’ को सानदार प्रदर्शन जारी छ । शनिवार फिल्मको विजनेशमा ५०.०७ प्रतिशत वृद्धि भएको छ । सुपर स्ट्रोङ माउथ पब्लिसिटी सुपर स्ट्रोङ बिजनेसमा बदलिएको छ ।’ फिल्मले ओपनिङ विकेन्डमा ३१ करोडको कलेक्सन गर्ने फिल्मी पण्डितहरुको अनुमान छ ।  
 
फिल्ममा आलिया भट्टका अलावा विक्की कौशल, रजित कपूर, जयदीप अहलावत, अमृता खानविलकर र सोनी राजदान मुख्य भूमिकामा छन् । सोनी राजदान रियल लाइफमा आलिया भट्टकी आमा हुन् र उनले फिल्ममा पनि  आलियाको आमाको भूमिका निर्वाहा गरेकी छिन् । 
 

२ घण्टा २० मिनेटको यो फिल्मलाई तरण आदर्शले आफ्नो रिभ्यूमा ४ स्टार दिएका छन् । फिल्मको निर्माण करण जौहरको धर्मा प्रोडक्शन र जंगली पिक्चर्सले गरेको हो । यस फिल्ममा आलिया फरक-फरक भूमिकामा देखिएकी छन् । 
 
फिल्ममा आलिया एक छोरी, पत्नी र जासूसको भूमिकामा छिन् । यस फिल्मको कहानी १९७१ मा भारत र पाकिस्तानबीच भएको युद्धमा आधारित छ । 
Most Visited News (monthly)