.jpg)
मिलन चाम्स निर्देशित फिल्म ‘बोबी’ को पहिलो पटक नर्वेमा प्रिमियर गरिएको छ । नर्वेको सुन्दर नगरी ओस्लोको भीका भिक्टोरिया हलमा प्रिमियर गरिएको हो । यो हलमा हलिउडका प्रख्यात सुपरस्टारहरुको फिल्म मात्र प्रिमियर भएका छन् ।
यस फिल्मको रेड कार्पेट प्रिमियरमा ४ सय बढी दर्शकको उपस्थिति रह्यो । निर्देशक चाम्सका अनुसार सबटाइटलसहितको फिल्म हेर्न नर्वे, इटाली, माल्टा, युके लगायत देशका नेपालीसँगै विदेशी पनि उपस्थित थिए ।
.jpg)
सफल प्रिमियर पश्चात चाम्सले नेपाली फिल्म बजारको अर्को ढोका खोल्न सफल भएकोमा खुसी व्यक्त गरे । उमेश थापा र कविता गुरुङको प्रेमकथामा तयार फिल्ममा यी दुईको प्रेम, संघर्ष र सफलताको कथा छ । फिल्ममा रियल जोडीकै प्रमुख भूमिका छ ।
उमेश र कविताका अलावा फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।
.jpg)
नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् ।
.jpg)
चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’ मा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन, अर्जुन जीसीको सम्पादन छ । फिल्मको प्रदर्शन मिति तय भएको छैन ।

