Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘जय भोले’ सँग वार्ताको ढोका खुल्ला छ : दीपकराज गिरी

फिल्मीखबर, काठमाण्डौ, 2018/05/11
दीपकराज गिरी/दीपाश्री निरौला एण्ड टिमले निर्माण गरेका फिल्म दशैंको फूलपातीमा रिलिज हुने गरेका छन् । 'छक्का पञ्जा' का दुई सिरिज दशैंलाई लक्षित गरेर प्रदर्शनमा आएका थिए । अचेल यो मितिमा कुनै फिल्म रिलिज गर्नु भनेको 'बाघको मुखमा हात हाल्नु सरह हो' भनिन थालिएको छ । 
 
यसैबीच निर्माण घोषणाकै क्रममा अशोक शर्मा निर्मित तथा निर्देशित फिल्म 'जय भोले' ले दशैंको फूलपाती ताक्दै प्रदर्शन मिति तय गर्‍यो । यो फिल्मको छायांकन सकेर युट्युब र हलमा टिजर समेत बजिरहेको छ । 'छक्का पञ्जा ३' को भने स्क्रिप्टको काम ढिलो भएपछि शुक्रवारबाट छायांकन सुरु भएको छ । 
 
सुटिङ गर्न ढिलाई भएपछि 'छक्का पञ्जा ३' दशैंमा नआउने खुब चर्चा थियो । तर, शुक्रवार फिल्मको मुहर्त गर्दै निर्माण टिमले दशैंको फुलपातीबाट ब्याक नहट्ने बताएको छ । दशैंको फूलपातीमा 'जय भोले' पनि प्रदर्शन हुँदैछ भन्ने पत्रकारको प्रश्न अधुरै रहँदा दीपकराज गिरीले त्यस विषयमा आफू अनविज्ञ रहेको शारीरिक हाउभाउका माध्यमबाट प्रस्तुत गरे ।
 
 
'जय भोले' सँग भिडन्त पक्का नै हो ? भन्ने पत्रकारको प्रश्नमा उनी भन्छन्, 'भिडन्त भन्ने शब्द राम्रो हुन्न । एकसाथ प्रदर्शन हुँदैछन् भन्नु राम्रो हुन्छ । हामी कसैसँग भिड्न गएका होइनौं । हामीले दशैंको फूलपातीमा फिल्म रिलिज गर्दै आएका छौं । यो मितिमा अन्य फिल्म रिलिज हुनु नै हुँदैन भन्ने होइन । मात्र ठूला फिल्म एकसाथ प्रदर्शन हुनु राम्रो होइन ।'
 
उनले 'जय भोले' सँग वार्ता गर्न ढोका खुल्ला रहेको बताए । उनी भन्छन्, 'हामी उहाँहरुसँग वार्ता गर्न तयार छौं । सहमतीबाट हामी अगाडि बढ्ने प्रयास गर्नेछौं ।' खबरअनुसार, केही दिनदेखि दीपकराज र अशोक शर्माबीच फिल्मको प्रदर्शन मितिको बारेमा दैनिकजसो वार्ता भइरहेको छ । 
 
लगातार दुई सिरिज सुपरहिट भएको ब्राण्डसँग भिडन्त गर्नु 'जय भोले' का सामुन्ने ठूलै चुनौतीको पहाड खडा छ । उता हाल प्रदर्शनरत फिल्म 'डमरुको डण्डीबियो' बक्सअफिसमा असफल हुँदा यसको असर 'जय भोले' लाई नपर्ला भन्न सकिन्न । कारण, उक्त फिल्मका लेखक तथा कलाकार खगेन्द्र लामिछाने हुन् । 
 
सहमतीबाट दुईमध्ये एकको प्रदर्शन मिति फेरबदल भए ठूलो महासंग्राम हुनबाट रोकिने छ । अन्यथा, यस वर्षको दशैंको फूलपातीमा 'जय भोले' र 'छक्का पञ्जा ३' को भिडन्तले सिनेवृतमा सानो तरंग ल्याउने छैन । 
Most Visited News (monthly)