Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ३’ को मुहर्त, भित्रिए पुष्प

फिल्मीखबर, काठमाण्डौ, 2018/05/11
 
दुई सिरिजको सफलतापश्चात् फिल्म ‘छक्का पञ्जा’ को तेस्रो श्रंखला निर्माण हुने भएको छ । शुक्रवार ‘छक्का पञ्जा ३’ को भक्तपूरको सूर्यविनायक मन्दिरमा मुहर्त गरेसँगै छायांकन आरम्भ गरिएको छ ।
 
तेस्रो पटक दीपाश्री निरौलाले निर्देशन गर्ने यो फिल्म दशैंको फूलपातीबाट देशभर प्रदर्शनमा आउँदैछ । यसमा दीपकराज गिरी, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
 
 
‘छक्का पञ्जा ३’ मा अभिनेता पुष्प खड्काको पनि ईन्ट्री भएको छ । उनको यस फिल्ममा केमियो भूमिका रहने बताइएको छ । मुहर्त समारोहमा पुष्पले स्क्रिप्ट राम्रो लागेका कारण फिल्ममा ज्वाइन भएको बताए ।
 
दीपक-दीपा क्याम्पकी भरपर्दी नायिका प्रियंका कार्कीको भने यसमा विशेष भूमिका रहने निर्देशक दीपाश्रीले जानकारी दिइन् । पटक-पटक प्रियंकासँग जोडी बाँधेका दीपकले उक्त फिल्ममा भने दीपिकासँग रोमान्स गर्दैछन् । 
 
 
जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको ‘छक्का पञ्जा’ को तेस्रो भागमा सुमन गिरी 'भान्जा', किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाई, दीपेन्द्र खनियाँ र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । यस फिल्मको गीतमा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ । 
 
मुहर्त समारोहमा बोल्दै दीपकराज गिरीले स्क्रिप्टको कामले गर्दा सुटिङ सुरु गर्न ढिलाई भएको बताए । उनले भने, 'हामीप्रति दर्शकको धेरै अपेक्षा छ । यसकारण पनि हामीले धेरै मेहनत गर्नु पर्ने छ । हाम्रा हरेक नयाँ फिल्म झैँ ‘छक्का पञ्जा ३’ ले पनि दर्शकलाई निराश हुन दिने छैन ।'
 
 
अभिनेत्री दीपिका प्रसाईँले ‘छक्का पञ्जा’ टिमसँग जोडिन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताइन् । यस्तै, निर्देशक दीपाश्री सम्पूर्ण टिमको मिहिनेतले फिल्म उत्कृष्ट बन्ने हुँदा आफू मात्र केही नभएको बताउँछिन् । 
 
उनी भन्छिन्, 'म केही पनि होइन । सम्पूर्ण टिमको साथ-सहयोग नभएसम्म फिल्म राम्रो बन्दै बन्दैन । यसपटक पनि हामीले हाम्रो तर्फबाट गर्न सक्ने मेहनत गर्न कुनै कसर बाँकी राख्ने छैनौं ।' यस फिल्ममा वर्षा राउत र स्वस्तिमा खड्का भने दोहोरिएका छैनन् । 
 
 
कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहने फिल्ममा रोशन श्रेष्ठको द्वन्द, पुरुषोत्तम प्रधानको छायांकन, दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठको संवाद रहेको छ । ‘छक्का पञ्जा ३’ को कथा दीपकराज आफैंले लेखेका हुन् । 
Most Visited News (monthly)