Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

यूनिभर्सल ‘लम्फू’ ले पायो ८० पर्दा

फिल्मीखबर, काठमाण्डौ, 2018/05/10

गीतसंगीत र कमेडी ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘लम्फू’ देशभरका ८० पर्दामा लाग्ने भएको छ । राजधानी तथा मोफसलका मल्टिप्लेक्ससहित देशैभर फिल्म रिलिज हुन लागेको निर्देशक गोपालचन्द्र लामिछानेले जानकारी दिए ।
 
निर्माता शक्तिबल्दभ घोरासैनी भन्छन्, '८० हल भनेको निकै राम्रो हो, हामीले चाहेको जसरी नै शोहरु पाएका छौँ । मल्टिप्लेक्स तथा सिंगल थिएटर सबैमा दर्शकले लम्फु हेर्न पाउनुहुनेछ ।' यो फिल्म यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 
 
२ घण्टा २५ मिनेटको यस फिल्मले चलचित्र सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ । अब यो फिल्म जुनसुकै वर्गका दर्शकले हेर्न पाउनेछन् । यस फिल्ममा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । 
 
‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । 
 
यस फिल्ममा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको छ । 
 
Most Visited News (monthly)