Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.62/5.00)
Text size:-
+
-

आर्यन र साम्राज्ञीको ‘कायरा’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/05/10
चकलेटी नायक आर्यन सिग्देल र ‘मस्ट डिमान्डेड’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ को रिलिज डेट घोषणा गरिएको छ । वितरक सुनिल मानन्धरले यस फिल्मको प्रदर्शन मिति साउन १८ गतेलाई तोकिएको जानकारी दिए । 
 
साम्राज्ञी लण्डन र आर्यन श्रीमतिसँग अष्ट्रेलिया भ्रमणमा रहेका कारण उनीहरु नेपाल फर्किएपछि एक गीत सार्वजनिक गर्दै फिल्मको औपचारिक रुपमा प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ । यसका निर्देशक लक्ष्मण रिजाल हुन् । 
 
 
साम्राज्ञी र आर्यनले पहिलो पटक एकसाथ 'स्कृन' शेयर गरेका कारण दर्शकहरु यो कपललाई पर्दामा हेर्न निकै आतुर छन् । गएको महिना ‘कायरा’ को सुटिङ सेटबाट यी दुईको एक रोमान्टिक तश्बिर बाहिरिएको थियो । तश्बिरका कारण पनि फिल्मको यतिबेला व्यग्र प्रतिक्षा भइरहेको छ । 
 
फिलिपिन्स र नेपालमा छायांकन भएको यस फिल्मको निर्माता आर्यन आफैं हुन् । यो फिल्मका लागि साम्राज्ञीले १० लाख पारिश्रमिक बुझेको चर्चा छ । लगातार आफू अभिनीत फिल्म बक्सअफिसमा असफल हुन थालेपछि आर्यनले आफ्नो करिअरमाथि उठाउन साम्राज्ञीलाई जोडीको रुपमा चुनेका हुन् । 
Most Visited News (monthly)