Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भोर’ नचलेको निर्देशक भट्टराईको स्विकारोक्ति

फिल्मीखबर, काठमाण्डौ, 2018/05/10
करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको व्यापारिक तथा समिक्षात्मक रुपमा सफल फिल्म ‘झोला’ का निर्देशक यादवकुमार भट्टराईद्वारा निर्देशित फिल्म ‘भोर’ शुक्रवारबाट देशभर प्रदर्शनमा आएको थियो ।  ‘झोला’ झैँ यो फिल्म पनि सफल हुनेमा निर्देशक भट्टराई विश्वस्त थिए । 
 
तर, रिजल्ट उल्टो आयो । दर्शकले फिल्मलाई त रचाए तर कमजोर व्यापार गर्‍यो । फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्देशक भट्टराईले ‘भोर’ व्यवसायिक रुपमा असफल भएको स्विकार गरेका छन् । उनका अनुसार, ‘भोर’ असफल हुनुको पछाडि बन्दको हल्ला प्रमुख बाधक हो । 
 
'फिल्म रिलिजको बेलादेखि देशभर बन्दको हल्ला थियो । यसकारण नै फिल्मको व्यापारमा ठूलो असर गर्‍यो', उनले भने । फिल्म व्यवसायिक रुपमा असफल भएपनि विभिन्न च्यारिटीबाट लगानी सुरक्षित गर्नेमा उनी विश्वस्त छन् । 
 
 
मधेशको कथा काठमाडौंले नपत्याएको हो ? फिल्मीखबरको प्रश्नमा उनी भन्छन्, 'मलाई त्यस्तो लाग्दैन । हामीले जुन संवेदनशिल विषय उठाएका थियौ त्यो दर्शकलाई बुझाउन नै सकेनौं । शुक्रवार र शनिवारको बन्दको हल्लाका कारण न 'वर्ड अफ माउथ' नै बन्न पायो न त दर्शकको मूड नै बन्यो । मधेशको कथा काठमाडौंले बुझेन भन्ने अवस्था नै सृजना हुन पाएन ।' 
 
‘भोर’ कहिल्यै पुरानो नहुने फिल्म रहेको उनको तर्क छ । 'यो फिल्म हरेक दर्शकले हेर्नुपर्छ । हामी गाउँ-गाउँमा पुगेर भएपनि फिल्म देखाउँछौं । व्यवसायिक रुपमा मात्र असफल भएको हो तर फिल्म कमजोर छैन', उनले भने । 
 
कुनै पनि निर्माता/निर्देशकले आफ्नो फिल्म व्यवसायिक रुपमा असफल भएको स्विकार गर्नु ठूलै हिम्मतको कुरा हो । फिल्मले करोड कमाएको र हरेक शो हाउसफुल भएको भन्ने खबरहरु दैनिक मिडियामा प्रकाशित भइरहँदा निर्देशक भट्टराईले भने खुल्लम खुल्ला आफ्नो फिल्म फ्लप भएको स्विकार गर्नुले सकारात्मक सन्देश प्रवाह गरेको छ । 
Most Visited News (monthly)