Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चोरी भयो सुपरहिरो ‘आइरन म्यान’ को ३ करोडको सूट

एजेन्सी, अमेरिका, 2018/05/10
हलिउड फिल्ममा ‘आइरन म्यान’ को भूमिका निर्वाहा गरेका रोबर्ट ड्राउनी जुनियरको 'आइरन म्यान' सूट चोरी भएको छ । 'आइरन म्यान' को गोल्ड एण्ड रेड कलरको सूट हराएको हो । 
 
 
लस एन्जेलिस पुलिसले यसको पुष्टि गरेको छ । पुलिसले भन्यो, 'रोबर्ट ड्राउनी जुनियरले लगाएको गोल्ड एण्ड रेड सूट चोरी भएको छ । यो सूट एक्टरले २००८ को  ओरिजनल सुपरहिरो फिल्ममा लगाएका थिए ।' 
 
मंगलवार स्टोरेज फेसेलिटीबाट यो गायब भएको हो । पुलिस यो आइकनिक 'आइरन म्यान' सूटको खोजीमा जुटेको छ । पुलिसले डिटेक्टिभको पनि मद्दत लिएको छ । 
 
चोरी भएको 'आइरन म्यान' को सूटको मूल्य ३२५,००० डलर अर्थात्, नेपाली झण्डै ३ करोड ५० लाखभन्दा बढी पर्दछ । जहाँ यो सूट राखिएको थियो त्यहाँ काम गर्ने कर्मचारीका अनुसार सूट फेव्रअरी र २५ अप्रिलको बीच गायब भएको हो । 
 
चोरी भएको सूट रोबर्ट ड्राउनी जुनियरले पहिएको पहिलो 'आइरन म्यान' कस्ट्यूम हो । यो उनले १० वर्ष अगाडि लगाएका थिए । रोबर्ट ड्राउनी जुनियर हालैमा रिलिज भएको 'एभेन्जर्स : इन्फिनिटी वार' मा देखिएका छन् ।
Most Visited News (monthly)